Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कोरोना

नवलपरासीका एक कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

नवलपरासीका एक कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • ०९:४९:३६ बजे
  • 1.2K
    SHARES
  • नवलपरासीका एक कोरोना संक्रमित महिलाको भैरहवामा मृत्यु

    पश्चिम नवलपरासीकी कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको गएराति मृत्यु भएको अस्पतालले जनाएको हाे ।

    images

    उनी यही भदौ १५ गते अस्पतालमा भर्ना भएकी थिइन् ।

    संक्रमित ती महिलाको गएराति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टी गरेका हुन ।

    भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएपछि स्वासप्रश्वासमा समस्या आएका कारण उनलाई भीम अस्पतालको आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

    ज्वरो र खोकीसहित स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई जटिल अवस्थामा अस्पतालमा भर्ना गरिएको भीम अस्तालका कोरोना फोकल पर्सन डा. सुमित प्रजापतिले जानकारी दिए ।

    डा. प्रजापतिका अनुसार ५ वटा आईसीयू बेड रहेको भीम अस्पतालमा ४ जना आइसीयुमा र १७ जना आइशोलेशन बेडमा गरी २१ जना संक्रमित उपचाररत रहेका छन् ।

    यसअघि भीम अस्पतालमा उपचाररत रुपन्देहीको गैडहवा गाउँपालिका ३ का ५० वर्षीय संक्रमित पुरुषको मृत्यु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology