Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मतपेटिका बोकेको गाडी दुर्घटना

मतपेटिका बोकेको गाडी दुर्घटना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३०, २०७९ शुक्रवार • १९:४२:४० बजे
  • 1.1K
    SHARES
  • मतपेटिका बोकेको गाडी दुर्घटना

    रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ ।

    images

    दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । बा ७ ख ३५०४ नम्बरको ट्रक दुर्घटना हुँदा केही मतपेटिका च्यापिएका छन् ।

    दुर्घटना हुँदा एउटा मतपेटिकाको शिल सामान्य फुटेको र अरुमा भने क्षति नभएको प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताए ।

    दुर्घटना स्थलमा मुचुल्का तयार पारेपछि मात्र उक्त मतपेटिका उठाएर रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने बताइएको छ । दुर्घटनाको कारण खुलेको छैन ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology