म्याग्दीमा स्थानीय तहको निर्वाचनमा कुल ६६.२३ मत खसेको छ । बेनी नगरपालिका सहित पाँच वटै गाउँपालिकामा कुल मतदाताको ५६ हजार ५४३ मत खसेको छ ।
जसमा महिला ३० हजार ३२, पुरुष २६ हजार ५ सय १० र अन्य १ जना रहेको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवि रानाले बताए ।
बैदेशिक रोजगार, बाहिरी जिल्लामा बसाईसराई तथा अन्य विभिन्न कारणले कुल मतको ३४ प्रतिशत मत खस्न सकेन । म्याग्दी जिल्लामा जम्मा ७४ ओटा मतदानस्थल र १ सय १४ ओटा मतदान केन्द्र रहेकोमा स्थानीय तह निर्वाचनका लागि कुल ८५ हजार ३ सय ७५ जना मतदाता कायम भएका छन् ।
एक नगरपालिका, पाँचवटा गाउँपालिका र ४५ वटा वडा रहेको म्याग्दीमा पालिका तह चुनावको विभिन्न पदसहित कुल २ सय ३७ पदको लागि ७ सय १८ जना उम्मेदवारहरु चुनावमा उठेका छन् ।


