Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलियो

काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • १०:४३:०१ बजे
  • 1.6K
    SHARES
  • काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलियो

    संघीय राजधानी काठमाडौंलगायत १२ जिल्लामा समुदाय तहमै कोरोना संक्रमण फैलिएको छ ।

    images
     

    संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहँदा दर्जन जिल्लामा नियन्त्रण चुनौती देखिएको छ । काठमाडौंलगायत चार जिल्लामा एक हजारभन्दा बढी सक्रिय संक्रमित छन् । स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्यविद् डा सुरेश तिवारीका अनुसार प्रमुख १२ जिल्लामा कुल संक्रमितमध्ये ७३ प्रतिशत छन् । ‘यी १२ जिल्ला हट स्पट हुन् । समुदायमा कोरोना संक्रमण फैलिएको विन्दु सुरु भएको छ । यही बेला नियन्त्रण गरे अन्य जिल्लामा फैलिन पाउँदैन’, उनले भने ।

    विगतमा बाहिरबाट आउनेमा संक्रमण थियो । अहिले झन्डै ९६ प्रतिशत संक्रमित स्थानीय भएको डा। तिवारी बताउँछन् । काठमाडौं कुल संक्रमितको संख्या ४ हजार ९ सय १५ पुगेको छ । त्यसपछि पर्सामा २ हजार ३ सय १० पुगेका छन् । अन्य प्रमुख संक्रमित जिल्लामा मोरङ, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, बारा, रूपन्देही, कपिलवस्तु, बाँके, दैलेख, कैलालीलगायत छन् ।

    यससँगै विभिन्न ठाउँमा लगाइएको निषेधाज्ञा के गर्ने भन्ने बहस सुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेलका अनुसार, पोजेटिभिटी दरका आधारमा निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गर्न सकिन्छ । ‘हरेक जिल्लामा रहेका संक्रमितको पोजेटिभिटी दर निकाल्नुपर्छ ।

    संक्रमण बढ्दो छ कि घट्दो छ भन्ने निष्कर्षका आधारमा कार्यक्रम अघि बढाउनु पर्छ ।’ कुनै पनि जिल्लामा संक्रमण दर दुई सयभन्दा बढी भए लकडाउन गर्नुपर्ने डा. तिवारी बताउँछन् । उक्त समाचार आजको अन्नपूर्ण पोस्टमा छापिएको छ ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology