कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा मृत्यु भएका १२ जनासहित देशभर ज्यान गुमाउनेको संख्या २ सय ५१ पुगेको जानकारी दिएको छ ।
चितवन ५५ वर्षीया महिला, १८ वर्षीया महिला र ६५ वर्षीय पुरुष,काठमाडौं ८९ वर्षीया महिला, ७० र ७५ वर्षीय पुरुष,ललितपुर ७० वर्षीया महिला,तनहुँ २० वर्षीया महिला,कपिलबस्तु ६० वर्षीया महिला,बारा ९७ वर्षीय पुरुष,भक्तपुर ४० वर्षीय पुरुष,धादिङ ४७ वर्षीय पुरुष कोरोना संक्रमण भएको जनाएको छ
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार नाघेको छ । मन्त्रालयले पछिल्लो २४ घन्टामा १ हजार १ सय २० जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ४१ हजार ६ सय ४९ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये २३ हजार २ सय ९० जना उपचारपछि घर फर्किएका छन् भने २ सय ५१ जनाको ज्यान गएको छ ।