Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

म्याग्दीमा सात प्रतिशत मत बदर

म्याग्दीमा सात प्रतिशत मत बदर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • १२:४३:२१ बजे
  • 688
    SHARES
  • म्याग्दीमा सात प्रतिशत मत बदर

    हालै सम्पन्न स्थानीय तह निर्वाचनमा म्याग्दीमा सात प्रतिशतभन्दा बढी मत बदर भएको छ ।

    images

    जिल्लाका छ स्थानीय तहको प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडाध्यक्ष, दलित महिला, महिला र खुला सदस्य पदमा खसेको मतको ७.५७ प्रतिशत मत बदर भएको हो ।

    कूल ८३ हजार ६८२ मतदातामध्ये ५४ हजार ६७८ अथवा ६५.०२ प्रतिशत मत खसेकामा ९२.४३ प्रतिशत मत सदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

    कूल खसेकामध्ये पूर्णरुपमा ०.७३ प्रतिशत अथवा ४६८ र सातवटै पदमा कूल चार हजार ९९२ मत बदर भएको जिल्ला निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले जानकारी दिए ।

    विसं २०७४ को पहिलो स्थानीय तह चुनावमा म्याग्दीका छवटा स्थानीय तहमा दुईदेखि ११ प्रतिशतसम्म मत पूर्णरुपमा बदर भएको थियो । मतदाता शिक्षा र अनुभवका कारणले यसपालिको चुनावमा अघिल्लो भन्दा बदर मतको दर घटेको जिल्ला निर्वाचन अधिकारी घिमिरेको भनाइ छ ।

    छ स्थानीय तह र ४५ वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । नेकपा एमालेले एक नगरप्रमुख, तीन गाउँपालिका अध्यक्ष÷तीन उपाध्यक्ष, २२ वडाध्यक्ष, २१ महिला सदस्य, २३ दलित महिला सदस्य र ४५ खुला सदस्य गरी १८८ पदमा जितेको छ ।

    काँग्रेसले दुई गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष, १७ वडाध्यक्ष, १८ महिला सदस्य, १६ दलित महिला सदस्य, ३४ खुला सदस्य गरी कूल ८८ पदमा जितेका छन् ।

    नेकपा माओवादी केन्द्रले एक उपप्रमुख, एक उपाध्यक्ष, छ वडाध्यक्ष, छ दलित महिला सदस्य, छ महिला सदस्य र १० खुला सदस्य गरी ३० पदमा जितेको छ ।

    धौलागिरि गाउँपालिका–१ गुर्जाका गुनराम छन्त्याल म्याग्दीमा निर्वाचित हुने एकमात्र स्वतन्त्र उम्मेदवार बन्नुभएको छ । म्याग्दीका सबै स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण, पद तथा गोपनीयताको शपथ ग्रहण गराइसकिएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology