Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको निधन

चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १७, २०७७ बुधवार • २०:४०:५३ बजे
  • 1.2K
    SHARES
  • चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको निधन

    मंगलबार चम्ल्याहा बच्चा जन्माएकी धनुषाकी महिलाको मृत्यु भएको छ। प्रसूति व्यथा लागेपछि मंगलबार बिहान जनकपुरधामस्थित काव्या अस्पतालमा भर्ना भएकी अरमानालाई स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर सोनिया सिंहले शल्यक्रियामार्फत् चार बच्चाहरू निकालेकी हुन्।

    images

    उनले यसलाई ‘दुर्लभ’ घटना बताएकी छन्। चम्ल्याहा बच्चालाइ जन्म दिएपछि अरमानाको अवस्था भने गम्भीर भएको थियो,त्यसपछि उनलाइ डाक्टर अजय यादवको निगरानीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। । उनको फोक्सोमा पानी तथा रगत जमेर पलमन्ड्री एडिमा भएको थियो ।

    उपचारका क्रममा उनीमा मुटुमा पनि समस्या देखिएपछि बुधबार दिउँसो उनको मृत्यु भएको काव्या अस्पतालका सञ्चालक डाक्टर एसके सिंहले जानकारी दिनुभयो ।

    अरमानाको कोरोना रिपोर्ट नेगेटिभ आएपछि शव परिवारले बुझेको छ। शिशुहरूमध्ये छोराको तौल डेढ किलो र छोरीहरूको तौल सवा एक किलो रहेको अस्पतालले जनाएको छ। तीन बच्चाको स्वास्थ्य अवस्था सामान्य रहे पनि एक जनाको अवस्था भने अस्थिर देखिएको डाक्टर सिंहले बताए। अरमानाले शल्यक्रियामार्फत् मंगलबार राति तीन छोरी र एक छोरालाई जन्म दिएकी थिइन्।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology