Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

डोटी बस दुर्घटना घाइतेमध्ये ५ काे अवस्था जटिल, बालक भेटिएनन्

डोटी बस दुर्घटना घाइतेमध्ये ५ काे अवस्था जटिल, बालक भेटिएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • १२:४५:१० बजे
  • 877
    SHARES
  • डोटी बस दुर्घटना घाइतेमध्ये ५ काे अवस्था जटिल, बालक भेटिएनन्

    डोटीमा शनिबार बिहान भएको बस दुर्घटनामा घाइते भएकामध्ये ५ जनाको अवस्था जटिल छ ।

    images

    अरु ७ जना सामान्य घाइते छन् । गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भएको इलाका प्रहरी कार्यालयका दीपायलका रुपसिंह थापाले जानकारी दिए । दुर्घटनमा बेपत्ता भएका बालकको खोजि भइरहेको उनले बताए ।

    अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका हुन् । कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ को रात्रिबस बिहान ५ बजे शिखर नगरपालिका–१ गेरुपानी सडकखण्डमा दुर्घटनामा परेको थियो ।

    अन्य घाइतेकोे पिपल्लास्थित शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ । बस चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बालक भेटिएनन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology