Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

यौनहिंसा पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

यौनहिंसा पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ७, २०७९ शनिवार • १६:०२:२४ बजे
  • 1.1K
    SHARES
  • यौनहिंसा पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन

    बलात्कारपीडित युवतीका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

    images

    एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि यौन हिंसा भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।

    काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले ‘बलात्कारी होस तँ’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबैसँग अपिलसमेत गरेका छन् ।

    उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।

    उनीहरु शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गर्दै ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology