सौन्दर्य प्रतियोगिताको नाममा नाबालिगमाथि बलात्कार गरेको आरोप लगेका मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीको अपराध महाशाखाको टोलीले पाण्डेलाई स्वयम्भुबाट पक्राउ गरेको हो ।
पाण्डेले ८ वर्ष अगाडि बलात्कार गरेको एक युवतीले सामाजिकमार्फत आरोप लगाएका छन् ।
युवतिले आरोप लगाएपछि प्रहरीले विषेश समिति नै गठन गरेर उक्त घटनाको अनुशन्धान गरिरहेको छ । सोही क्रममा पाण्डे पक्राउ परेको प्रहरी स्रोतले बताएको छ ।
पीडितलाई न्याय माग्दै माइतीघरमा प्रदर्शन
बलात्कारपीडित युवतीका लागि न्याय माग्दै काठमाडौंमा प्रदर्शन भएको छ । एक युवतीले सौन्दर्य प्रतियोगिताका आयोजकले आठ वर्षअघि आफूमाथि यौन हिंसा भएको घटना सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरेपछि पीडकलाई कारबाही गर्न माग गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको हो ।
काठमाडौंको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले ‘बलात्कारी होस तँ’ लगायतका नारा लेखिएको प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । उनीहरुले बलात्कार घटनाका पीडित युवतीलाई न्याय दिलाउन सहयोग गर्न सबैसँग अपिलसमेत गरेका छन् ।
उनीहरूले दोषीलाई कारबाही गर्नुपर्ने र बलात्कार र यौनजन्य घटनाको तत्काल निर्णय गर्न छुट्टै अदालतको स्थापना गर्न, बलात्कार सम्बन्धी घटनाको न्याय निरुपणका लागि देखिएको हदम्याद खारेज गर्न माग गरेका छन् ।
उनीहरु शुक्रबार पनि प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गर्दै