Logo

शुक्रवार, कार्तिक २१ गते २०८३

images
  • ट्रेण्डिङ :
images

बंगलादेश, म्यानमार र ओमानमा प्रस्तावित राजदूतको नाम अनुमोदन

बंगलादेश, म्यानमार र ओमानमा प्रस्तावित राजदूतको नाम अनुमोदन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०७९ आइतवार • १९:४६:०६ बजे
  • 796
    SHARES
  • बंगलादेश, म्यानमार र ओमानमा प्रस्तावित राजदूतको नाम अनुमोदन

    संसदीय सुनुवाइ समितिले बंगलादेश, म्यानमार र ओमानका लागि सरकारद्वारा प्रस्तावित राजदूतको नाम अनुमोदन गरेको छ ।

    images

    आइतबार सिंहदरवारमा बसेको समितिको बैठकले बंगलादेशका लागि प्रस्तावित घनश्याम भण्डारी, म्यानमारका लागि प्रस्तावित हरिश्चन्द्र घिमिरे र ओमानका लागि प्रस्तावित डोरनाथ अर्यालको नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले बताए ।

    समितिको बैठकमा बंगलादेशका लागि प्रस्तावित राजदूत भण्डारीले आफ्नो कार्यकालमा बंगलादेशमा छात्रृत्तिमा अध्ययनरत नेपालीको संख्या बढाउने र त्यहाँ देखिएका नेपालीहरुको समस्या समाधान गर्ने बताए ।

    उनले नेपाल र बंगलादेशको सार्वजनिक कुटनीति र जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पहल गर्ने पनि बताए । म्यानमारका लागि प्रस्तावित नेपाली राजदूत हरिश्चन्द्र घिमिरेले नेपाल पर्यटन बोर्ड र लुम्बिनी विकास कोष र अन्य सरोकारवाला निकायसँग समन्वय गरी लुम्बिनी जाऔँ, भिजिट लुम्बिनी अभियानको रुपमा सञ्चालन गर्ने बताए ।

    उनले म्यान्मारस्थित नेपाली राजदूतावासमा पर्यटन सम्पर्क व्यक्ति तोकी नेपालको पर्यटन सम्बन्धी सूचना, जानकारीको शीघ्र र निरन्तर रुपमा प्रवाह गर्ने कुरामा जोड दिने बताए ।

    ओमानका लागि प्रस्तावित नेपाली राजदूत डोरनाथ अर्यालले नेपाल र ओमान सरकारबीच भएका सम्झौता कार्यान्वयन गर्न पहल गर्ने बताए ।

    उनले थाती रहेका श्रम, सम्झौता र पर्यटन सहयोग सम्बन्धी सम्झौतालाई अघि बढाउन र दिव्पक्षीय सहयोग सम्झौताहरु कार्यान्वयन गर्न पनि पहल गर्ने बताए ।

  • सम्बन्धित विषय:

  • # राजदूतको नाम अनुमोदन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology