Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशका केही स्थानमा मेघ गर्जन र हावा हुरीसहित वर्षाको सम्भावना

देशका केही स्थानमा मेघ गर्जन र हावा हुरीसहित वर्षाको सम्भावना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • १०:१८:३५ बजे
  • 1.1K
    SHARES
  • देशका केही स्थानमा मेघ गर्जन र हावा हुरीसहित वर्षाको सम्भावना

    नेपालमा हाल स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही देशका अन्य भू-भागमा आंशिकदेखि सामान्यता सफा रहेको छ ।

    साथै बागमती प्रदेश र गण्डकी प्रदेशका एक÷दुई स्थानमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । सोमबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछन ।

    देशका केही स्थानहरूमा र मेघ गर्जन/चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

    मंगलबार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

    सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू—भागका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ र हावा हुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology