मयूरपाटी- गण्डकी प्रदेशमा शुक्रवार कोरोना भाइरसका २५ जना थप नयाँ संक्रमित थपिएका छन् । यो सहित कुल संख्या ७९२ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या १०१ जना पुगेको छ । त्यसैगरी २ जनाले ज्यान गुमाएका छन् ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयको अनुसार शुक्रवार मात्र प्रदेशका चार जिल्लामा २५ जना नयाँ संक्रमित थपिएका हुन् । तनहुँ २, स्याङ्जामा १, बागलुङमा १ र नवलपुरमा २१ गरि नयाँ २५ जना संक्रमित थपिएका छन ।
तनहुँ जिल्लाको ब्यास नगरपालिकामा २ जना पुरुष , स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा २८ वर्षीय १ पुरुष र बागलुङका बरेङ गाउँपालिकामा २३ वर्षीय १ पुरुषमा कोरोना पुष्टि भएको छ । यसैगरी नवलपुरको गैंडाकोटमा ७ जना पुरुष, कावासोतीमा १२ जना पुरुष र २ जना महिलामा कोरोना भाइरस पुष्टि भएको छ ।
आज मात्रै ९ संक्रमित निको भएर घर फर्केका छन् । गोरखाको गण्डकी गाउँपालिका र गोरखा नगरपालिकामा गरि ९ संक्रमित निको भएर घर फर्केको निर्देशनालयले जनाएको छ । गण्डकी गाउँपालिकामा ५ पुरुष र गोरखा नगरपालिकामा ३ पुरुष, १ महिला गरि ९ जना निको भएर घर फर्केका हुन् ।