Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई

प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ९, २०७९ सोमवार • १०:२१:०२ बजे
  • 754
    SHARES
  • प्रिमियर लिगकाे उपाधि म्यानचेस्टर सिटीलाई

    एजेन्सी । यो सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । गएराति भएको खेलमा एस्टन भिल्लालाई ३-२ गोल अन्तरले पराजित गर्दै उपाधि सिटीले हात पारेको हो ।

    images

    सिजनको अन्तिम खेलमा २ गोलले पछि परेको स्थितिबाट उत्कृष्ट पुनरागमन गर्दै सिटी च्याम्पियन बन्यो । एक समय २-० ले पछि परेको सिटी उपाधि गुमाउने संघारमा रहेको थियो । तर, खेलकाे अन्त्यतिर सिटीले सानदार पुनरागमन गरे । ३७औं मिनेटमा मट्टी कसले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।

    ६९औं मिनेटमा फिलिप कोउटिन्होले गोल गर्दै भिल्लाको अग्रता दोब्बर बनाएका थिए । त्यसपछि सिटीले पाँच मिनेटमा तीन गोल गर्यो । ७६औं मिनेटमा इल्काए गुन्डोगनले गोल गर्दै सिटीलाई खेलमा फर्काउने संकेत दिलाए । त्यसको दुई मिनेट नबित्दै सिटीले बराबरी गोल पनि फर्कायो ।

    ७९औँ मिनेटमा रोड्रीले गोल गरेपछि खेल बराबरीमा आएको थियो । ८१औँ मिनेटमा गुन्डोगनले गोल गर्दै सिटीलाई ३-२ को अग्रता दिलाए । त्यसपछि दुवै टाेलीबाट थप गाेल हुन नसक्दा खेल सिटीले जित्याे । यता अर्को खेलमा तेस्रो मिनेटमा नै लिभरपुल पछि परेको थियो ।

    पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । २४ औं मिनेटमा साडियो मानेले गोल गर्दै खेल बराबरीमा ल्याए । ८४ औं मिनेटमा मोहमद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

    ८९औं मिनेटमा एन्डी रोबर्टसनले गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरे । तर, उपाधि भने हात पार्न सकेन । दुवै टोलीले जित हात पारेपछि सिटी १ अंकको अग्रतासहित लिग च्याम्पियन बन्न सफल रहयो । समग्रमा सिटी ३८ खेलमा ९३ अंक जोड्दै उपाधि जोगायो । लिभरपुल भने ९२ अंकसाथ दोस्रो भयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology