Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवन मेडिकल कलेजमा उपचाररत महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७७ बिहिवार • ०७:५८:५८ बजे
  • 1.2K
    SHARES
  • चितवन मेडिकल कलेजमा उपचाररत  महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु

    चितवन मेडिकल कलेजमा उपचाररत थप एक महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।

    images
    मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर ११ की ४० वर्षीया महिला रहेकी छन् । अस्पतालका अध्यक्ष एवम् प्रबन्धनिर्देशक प्राडा हरिशचन्द्र न्यौपानेका अनुसार यही भदौ ५ गते स्वासप्रस्वासमा समस्या भए पछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण देखिएको उनको बुधबार राति १२ः४० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

    योसँगै जिल्लामा मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ । चितवनका १० जना, मकवानपुरका ४ जना, वारा, गोर्खा, कैलाली र नवलपसारी (सुस्तापूर्व)का १÷१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो ।

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology