Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चित फुटबलर नेमार सहित तीन खेलाडीलाई कोरोना संक्रमण

चर्चित फुटबलर नेमार सहित तीन खेलाडीलाई कोरोना संक्रमण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १८, २०७७ बिहिवार • ०९:०२:३६ बजे
  • 1.9K
    SHARES
  • चर्चित फुटबलर नेमार सहित तीन खेलाडीलाई कोरोना संक्रमण

    काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का तीन खेलाडीलाई कोरोना संक्रमण भएको छ । पिएसजीले बुधबार सामाजिक सजांल मार्फत आफ्ना तीन खेलाडीलाई कोरोना संक्रमण भएको जनाएको थियो । 

    images

    बिभिन्न अन्तर्राष्ट्रिय मिडियाहरुले भने ब्राजिलियन स्टार खेलाडी नेमारसहित तीन खेलाडीलाई कोरोना पोजेटिभ देखिएको खुलासा गरेका थिए ।

    अन्तर्राष्ट्रिय समाचार संस्था एएफसीले पिएसजीका तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । साथै स्रोतका अनुसार नेमारलाई कोरोना संक्रमण भएको एएफसीले उल्लेख गरेको छ ।

    पिएसजीले तीन खेलाडीमा कोरोना संक्रमण पुष्टि भएर र उनीहरु आवश्यक प्रोटोकल स्वास्थ्य प्रोटकलअनुसार रहेको जनाउँदै अरुखेलाडी र कर्मचारीको पनि परीक्षण गरिने जनाएको छ ।

    फ्रेन्च मिडियाले भने नेमारसँगै मिडिफिल्डरद्वय एन्जल डि मारियो र लियान्द्रो परेडेसलाई कोरोना संक्रमण भएको उल्लेख गरेको छ । 

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology