Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुर्सी सम्हालेको भोलिपल्टै खानेपानीको मुहानमा हर्क

कुर्सी सम्हालेको भोलिपल्टै खानेपानीको मुहानमा हर्क

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०७९ बिहिवार • ०९:०६:४६ बजे
  • 682
    SHARES
  • कुर्सी सम्हालेको भोलिपल्टै खानेपानीको मुहानमा हर्क

    धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्क साम्पाङ कुर्सी सम्हालेको भोलिपल्टै खानेपानी संकट समाधानका लागि खटिएका छन् । मेयरको कुर्सी सम्हालेको भोलिपल्टै हर्क धरानमा देखिएको खानेपानी संकट समाधानका लागि खटिएका हुन् ।

    images

    लोकप्रिय मतसहित विजयी भएका हर्क साम्पाङ (हर्कराज राई) धरानको खानेपानी समस्या समाधानको खोजीमा लागेका हुन् ।

    हर्क बुधबार दिउँसो धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकनमा पुगेका थिए । निजी मोटरसाइकल चढेर केही सहयोगीसहित मुहानमा पुगेका उनले त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन पनि दिएका छन् ।

    हर्कले सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका हुन् ।

    हर्कले आज धरान पुछारको जंगल क्षेत्रस्थित सेउती खोलाको पानी पनि अवलोकन गर्ने भएका छन् । हर्कले आफ्नो कार्यकालमा धरानमा पानीको समस्या हटाउने वाचा गरेका छन् ।

    धरामा खानेपानी समस्या समाधान गर्ने प्रमुख एजेन्डा उठाएरै उनले चुनाव जितेका हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology