Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चरित्रहत्या गर्ने आधारहीन समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

चरित्रहत्या गर्ने आधारहीन समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०७९ शुक्रवार • १८:३९:४० बजे
  • 958
    SHARES
  • चरित्रहत्या गर्ने आधारहीन समाचार नहटाए कानुनी उपचारमा जाने करिश्माको चेतावनी

    स्थानीय तह निर्वाचनको विषयलाई लिएर आफ्नो चरित्रहत्या गर्नेगरी कतिपय अनलाइन सञ्चारमाध्यमले समाचार प्रकाशन गरेको भन्दै अभिनेत्री करिश्मा मानन्धरले आपत्ति जनाएकी छन् ।

    images

    उनले त्यस्ता समाचार नहटाए कानुनी उपचारमा जाने चेतावनी समेत दिएकी छन् । करिश्माले ललितपुरको गोदावरी नगरपालिका लगायत देशभर नेकपा एमालेको चुनावी अवस्थालाई लिएर कतिपय अनलाइन सञ्चारमाध्यमले आफ्नो चरित्र हत्या हुनेगरी समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिललाई जानकारी समेत गराएकी छन् ।

    ‘करिश्मा जुन पार्टी प्रवेश गर्छिन्, त्यो पार्टी पत्तासाफ’ भन्ने खालका समाचार र सामाजिक सञ्जालमा समेत यस्तै आशयका पोस्ट आएकाले त्यसलाई हटाउन र अटेर गरे कानुनी उपचार खोज्ने उनको चेतावनी छ ।

    स्थानीय तह निर्वाचनको केही समयअघि करिश्मा एमाले प्रवेश गरेकी हुन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology