Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फेसबुकबाट चरित्र हत्या गरेको अभियोगमा प्रहरीसहित २ पक्राउ

फेसबुकबाट चरित्र हत्या गरेको अभियोगमा प्रहरीसहित २ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०७९ शनिवार • १२:०१:०८ बजे
  • 994
    SHARES
  • फेसबुकबाट चरित्र हत्या गरेको अभियोगमा प्रहरीसहित २ पक्राउ

    फेसबुकको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा प्रहरीसहित २ जना पक्राउ परेका छन् ।

    images

    रौतहट दुर्गा भवानिपुर गाउँपालिका–४ निवासी प्रहरी जवान २७ वर्षीय कृष्ण कुमार यादव र सुनसरी धरान–३ निवासी ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासीमलाई प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

    उनीहरूले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिर वाट्सएप फेसबुक लगायतमा पोष्ट गरेको उजुरी छ ।

    त्यसपछि आफन्त र साथीभाइलाई पठाई पीडितलाई मानसिक तनाव, दुःख हैरानी, समाजमा बदनाम र बेईज्जत गराइ चरित्र हत्या गर्ने कार्यमा संलग्न प्रहरीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology