Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

ल्यापटप बनाउँदा मोडलको ‘अश्लिल भिडियो’ चोरी, ७ करोड बार्गेनिङ

ल्यापटप बनाउँदा मोडलको ‘अश्लिल भिडियो’ चोरी, ७ करोड बार्गेनिङ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १४, २०७९ शनिवार • १३:५७:१४ बजे
  • 1.3K
    SHARES
  • ल्यापटप बनाउँदा मोडलको ‘अश्लिल भिडियो’ चोरी, ७ करोड बार्गेनिङ

    बिग्रिएको ल्यापटप बनाउन जाँदा त्यहाँ भेटिएको अश्लिल भिडियो चोरी गरेर एउटा गिरोहले ७ करोड बार्गेनिङ गरेको छ । बार्गेनिङ गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आफुलाई पत्रकार बताउने देखि नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्तासहित ७ जनालाई पक्राउ गरेको छ ।

    images

    एकजना मोडल ल्यापटप बनाउन श्रवण कार्की र सुरज शर्माको पसलमा गइन् । काठमाडौं सिनामंगलका श्रवण कार्की ल्यापटप मर्मतको काम गर्छन् । चितवनको भरतपुर–११ घर भएका ३२ वर्षीय सुरज शर्मा इन्स्योरेन्समा काम गर्छन् । उनको ल्यापटप मर्मत गर्ने पसल पनि छ ।

    मोडलले बनाउन छोडेको ल्यापटप मर्मत गर्ने क्रममा अश्लिल भिडियो भेटियो । श्रवण र सुरजले सो भिडियो आफ्नो डिभाइसमा कपी गरे । ती महिलासँग पैसाको बार्गेनिङ गर्ने योजना बनाएर उनीहरुले काभ्रेको तेमाल गाउँपालिका–३ घर भएका उमेश भण्डारीसँग सम्पर्क गरे ।

    उमेश भण्डारी एडभर्टाइजिङ एजेन्सी सञ्चालक हुन् । उमेशले त्यसबारे गुल्मी घर भएकी बर्षा खनाल उर्फ वसन्तालाई बताए । प्रहरी स्रोतका अनुसार वसन्ता करिब ६ महिना अघिसम्म एउटा अनलाइन टेलिभिजनको प्रोडक्सन मेनेजर थिइन् । ७ जनाको बीचमा छलफल भएपछि सो भिडियो मेटाउन उनीहरु ७ करोड माग्ने निष्कर्षमा पुगेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।

    कोइरालाले भने– ‘पैसा लिन आएको बेलामा हामीले पक्राउ गरेका हौं ।’ पक्राउ पर्नेमा बझाङ घर भएका धर्मराज थापा र उदयपुरको त्रियुगा–१० घर भएका २१ वर्षीय सुजन आचार्य पनि छन् । धर्मराज पत्रकारितामा आवद्ध छन् । सुजन आचार्य पनि आफुलाई पत्रकार दावी गर्छन् ।

    उनीहरुले ७ करोड नदिए भिडियो ‘भाइरल’ बनाउने धम्की दिएका थिए । पीडित महिला केही रकम दिन राजी भएकी थिइन् । तर, प्रतिव्यक्ति १ करोड मागे पनि उनी प्रहरीकहाँ पुगिन् । बार्गेनिङ गरेको आरोपमा पक्राउ पर्नेमा कालिकोटका टेक विक पनि छन् । यसअघि पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटाको भक्तपुरस्थित घरमा बम राखेको मुद्दामा पक्राउ परेका विक नेत्रविक्रम चन्द ‘विप्लव’ समूह निकट छन् ।

    आरोपीहरुले धम्की दिएर पैसा मागेको एसपी कोइरालाले बताए । आफुलाई पत्रकार दावी गर्दै आएका सुजन आचार्य दुई वर्षअघि प्रहरीसँग मिलेर मकवानपुरमा हिरा लुटेको आरोपमा पक्राउ परेका थिए । महिलासँग आचार्यले नै बार्गेनिङ गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

    उनीहरु बिहीबार रकम लिन गएको अवस्थामा काठमाडौंको ३२ पुतलीस्थित होटल द्वारिकाबाट पक्राउ परेका हुन् । आरोपीहरु विरुद्ध प्रहरीले आपराधिक लाभ बिरुद्धको कसुरमा अनुसन्धान गरिरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ७ करोड बार्गेनिङ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology