Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल 

मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १३:४८:०७ बजे
  • 1.2K
    SHARES
  • मृगौलापिडित सकबहादुरद्धारा सहयोगको अपिल 

    बेनी,  । मृगौला रोगबाट थलिएका म्याग्दीको मंगला गाउँपालिका–५ पाखुका सकबहादुर छन्त्यालले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । 

    images

    हाल भक्तपुरको शहिद गंगालाल राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत ४८ वर्षीय छन्त्याललाई कमजोर आर्थिक अवस्थाका कारण डायलाइसीस र मृगौला प्रत्यारोपणका लागि समस्या परेको हो । 

    २०७८ जेठमा ओमानमा कार्यरत रहँदा दुवै मृगौलाले काम गर्न छाडेपछि सम्बन्धित कम्पनीले छन्त्याललाई नेपाल पठाइदिएको थियो । वैदेशिक रोजगारबाट जिविकोपार्जन गर्दै आएका छन्त्याल आफै थलिएपछि उपचारमा समस्या भएको बताउनुभयो । 

    आफुसँग भएको र आफन्तबाट सरसापटी गरेर अहिलेसम्म डाइलाइसीस र औषधी खर्च जुटाएका छन्त्याललाई श्रीमतीले मृगौला दान गर्ने तयारी गर्नुभएको छ । दाता तयार भएपनि थप आर्थिक स्रोत नहुँदा मृगौला प्रत्यारोपण गर्न समस्या भएको छन्त्यालले बताउनुभयो । 

    छन्त्यालका तीन जना छोरी र एक जना छोरा छन् । एक जना छोरी स्थानीय सहकारीमा मार्केटिङ गर्छिन भने अरु तीन जना गाउँकै विद्यालयमा पढ्छन् । सामान्य वर्गका छन्त्याल परिवार कृषि पेशामा निर्भर छन् । 

    श्रीमतिले मृगौला दान गर्न तयार भएकाले प्रत्यारोपणका लागि आवश्यक खर्च जुटाउन समन्वय गरिएको छिमेकी ताराबहादुर क्षेत्रीले बताउनुभयो । बेनीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा सहयोगका लागि प्रस्ताव गरिएको क्षेत्रीले बताउनुभयो ।

    यसैगरी स्वदेश तथा विदेशमा रहेका आफन्त, छिमेकी, गाउँले, साथी र अन्य मनकारी व्यक्तिहरुलाई पनि सहयोगको अपिल गरिएको छ । सहयोग गर्न इच्छुक महानुभावहरुले एनसीसी बैंकमा सकबहादुर छन्त्यालको नाममा रहेको ११८०००००८०६१० मा जम्मा गर्न र ९७४१८४०१९४ मा सम्पर्क गर्नुहुन अनुरोध छ ।

     

     

     

  • सम्बन्धित विषय:

  • # मृगौलापिडित सकबहादुर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology