Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विमान दुर्घटनामा परेका सबै यात्रुको शव भेटियो

विमान दुर्घटनामा परेका सबै यात्रुको शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १७:०१:२८ बजे
  • 673
    SHARES
  • विमान दुर्घटनामा परेका सबै यात्रुको शव भेटियो

    मुस्ताङको थासाङ गाउँपालिका– २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।

    images

    फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराब मैसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या भएको छ ।

    शवहरू भीरमा छरिएकाले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिंह शेरचनले बताए । कोवाङ झारिएका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ ।

    शव संकलन गरी काठमाडौं ल्याइने छ । आइतबार बिहान पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

  • सम्बन्धित विषय:

  • # यात्रुको शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology