Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पूर्वडीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार चलान, २०९० मंसिर १३ सम्म जेलमै रहने

पूर्वडीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार चलान, २०९० मंसिर १३ सम्म जेलमै रहने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १६, २०७९ सोमवार • १८:५०:५४ बजे
  • 1.1K
    SHARES
  • पूर्वडीआईजी रञ्जन कोइराला केन्द्रीय कारागार चलान, २०९० मंसिर १३ सम्म जेलमै रहने

    पत्नी हत्याको मुद्दामा दोषी ठहर भएका रञ्जन कोइरालालाई सेन्ट्रल जेल पुराइएको छ । काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पुर्जी जारी गरी कोइरालालाई सेन्ट्रल जेल पठाइएको हो ।

    images

    काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालका अनुसार सर्वोच्च अदालतको फैसलापछि कोइरालालाई कैदी पूर्जी दिई कारागार कार्यालय जगन्नाथदेवल पठाइएको छ ।

    पत्नी हत्याको अभियोगमा दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले सशस्त्र प्रहरीका तत्कालीन डीआइजी रञ्जन कोइरालालाई २० वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध उच्च हुदै सर्वोच्च पुगेका कोइरालालाई सर्वोच्च अदालतले ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला सुनाएको थियो ।

    तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले कोइरालालाई सुनाइएको २० वर्षको जेल सजाय बढी हुने ठहर गर्दै उनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय हुने फैसला सुनाएका थिए । सर्वोच्चले जतिबेला यो फैसला सुनाएको थियो, त्यतिबेला उनी ८ वर्ष ६ महिना जेल बसिसकेका थिए ।

    फैसलामा कोइरालालाई सुनाइएको ‘सजाय बढी पर्न जाने चित्तमा लागेको हुँदा’ कम ठहर गरिएको उल्लेख थियो । तर सर्वोच्चको उक्त फैसलाविरुद्ध पुनरावेदनको निवेदन परेपछि सर्वोच्चले पुनरावेदनको निस्सा दिएको थियो । त्यसपछि उक्त मुद्दा पुनः ब्यूँतिएको थियो ।

    केही दिनअघि मात्रै उक्त मुद्दा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशद्वय टंकबहादुर मोक्तान र कुमार चुडालको पूर्ण इजलासले उल्टाउँदै कोइरालालाई २० वर्ष नै जेल सजाय हुने फैसला सुनाएका थिए । सर्वोच्चको उक्त फैसला लगत्तै प्रहरीको अपराध महाशाखाले कोइरालालाई बानेश्वरबाट पक्राउ गरेको थियो ।

    त्यसपछि फैसला कार्यान्वयनका लागि जिल्ला प्रहरी कार्यालय काठमाडौंमार्फत काठमाडौं जिल्ला अदालतमा पेस गरिएको थियो । काठमाडौं जिल्ला अदालतले सोमबार कैदी पूर्जी जारी गर्दै २०९० साल मंसिर १३ गतेसम्म थुनामा राख्न र अन्य मुद्दाबाट थुनामा राख्नु नपर्ने भए त्यसपछि छोड्न भनेको छ ।

    अदालतले दिएको कैदी पुर्जीमा सर्वोच्च अदालतको फैसलाको संक्षिप्त आदेशअनुसार २०९० साल मंसिर १३ गतेसम्म थुनामा रहने र फैसलाको पूर्ण पाठमा अन्य कुरा खुलेको अवस्थामा थप राख्नुपर्ने वा चाँडै छुट्न हुनसमेत सक्ने बताएको छ ।

    यता केन्द्रीय कारागारका जेलर डोरेन्द्र निरौलाले कोइरालालाई सोमबार कारागार कार्यालय जगन्नाथ देवल ल्याइएको बताए । कोइरालालाई हाल कारागार कार्यालय जगन्नाथ देवलको भद्र गृहमा राखिएको छ । भद्र गृह कारागार कार्यालय जगन्नाथ देवलको सुविधायुक्त कारागार हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology