Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

जहाज उडानमा कडाइ

जहाज उडानमा कडाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • १८:४८:०८ बजे
  • 1.1K
    SHARES
  • जहाज उडानमा कडाइ

    नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानका क्रममा प्रस्थान गर्ने र गन्तव्यमा पुग्ने ‘इनरुट’को मौसम सफा रहेको खण्डमा मात्रै विमानलाई उडान अनुमति दिने भएको छ ।

    images

    हालै तारा एयरको विमान दुर्घटनामा परी २२ जनाको मृत्यु भएपछि प्राधिकरणले जहाज उडानको अनुमतिमा कडाइ गरेको हो । तारा एयरको बिमान दुर्घटनाको कारण प्रतिकूल मौसम हुनसक्ने प्राधिकरणको प्रारम्भिक अनुमान छ ।

    नेपाल नागरिक उड्यन प्राधिकरणको प्रवक्तासमेत रहेका निमित्त उपमहानिर्देशक देवचन्द्रलाल कर्णले अब प्रस्थान गर्ने र गन्तव्य विमानस्थलका साथै उक्त रुटमा पर्ने स्थानको पनि मौसम सफा भएमा मात्रै उडान अनुमति दिने निर्णय गरिएको जानकारी दिए । उक्त नियम आजबाट लागु भएको छ ।

    यस्तो निर्णय भिएफआर (भिजुअल फ्लाइट रुल्स)बाट उडान गर्ने विमान र विमानस्थलका लागि मात्रै लागु हुने छ ।

    उड्डयन क्षेत्रमा भिएफआर भन्नाले आँखाले हेरेर विमान उडाउने र ल्याण्ड गर्ने विधि भन्ने बुझिन्छ । तर आईएफआर (इन्स्ट्रुमेण्ट फ्ल्याइट रुल्स) विधि जडान भएको विमान र विमानस्थलमा भने यो नियम लागु हुने छैन ।

  • सम्बन्धित विषय:

  • # जहाज उडानमा कडाइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology