Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेवारिसेको उपचारमा सक्रिय बरंजाको न्यू स्टार यूवा क्लव

बेवारिसेको उपचारमा सक्रिय बरंजाको न्यू स्टार यूवा क्लव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १७, २०७९ मंगलवार • २२:४९:१६ बजे
  • 2.7K
    SHARES
  • बेवारिसेको उपचारमा सक्रिय बरंजाको न्यू स्टार यूवा क्लव

    म्याग्दी / म्याग्दी जिल्ला बरंजाका एक बेवारिसे जटिल रोगबाट ग्रसित बिरामीको उपचारमा स्थानीय न्यू स्टार यूवा क्लव सक्रिय भएको छ ।

    images

    विगत १ बर्षदेखि क्षयरोग, फोक्सोमा पानी जमेको र टाउकोमा रगत जमेको अवस्थामा भेटाएका म्याग्दीको मंगला गाउँपालिका-३, बरंजाको कलेलीगैराका ५७ का सम्मर बहादुर घर्तीको उपचारमा सहयोग अभियान सञ्चालन भइरहेको छ ।

    बेवारिसे अवस्थामा रहेका घर्तीको उपचारमा क्लवले स्वदेश तथा विदेशबाट ४ लाखभन्दा बढी आर्थिक संकलन गरेको क्लवका कोषाध्यक्ष गणेश केसीले बताए ।

    2.jpg

    उनका अनुसार पीडितको घरमा कोही नभएको अवस्थामा जटिल रोगले ग्रसित भएको खवर पाए संगै क्लवले अभियान सञ्चालन गरेको थियो ।

    33.jpg

    अभियानमार्फत संकलन भएको आर्थिकले पीडितको उपचार भइरहेको छ भने उपचारपछि बचतलाई वडाभित्रका विपन्न असाय र आर्थिक अभावका कारण उपचारमा समस्या भएकालाई सहयोग गर्ने गरी कोष स्थापना गरिने क्लवले जनाएको छ ।

    1.jpg

    मंगला गाउँपालिका वडा नम्बर ३ जनप्रिय आधारभुत बिद्यालय र स्कुलका प्र.अ याम प्रसाद घर्तीले पनि सहयोग गर्नु भएको  आर्थिक संयोजक टेक खड्का जानकारी दिनुभयो ।

    99.jpg

    पीडितको हाल गण्डकी हस्पितल पोखरामा उपचार भईरहेको छ । थप आर्थिक सहयोगको आवश्यकता रहेको क्लबका अध्यक्ष राजु थापाले बताउनु भयो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology