Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

राउटेलाई सामाजिक सुरक्षा भत्ता

राउटेलाई सामाजिक सुरक्षा भत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १८, २०७९ बुधवार • ०९:४४:१४ बजे
  • 1.0K
    SHARES
  • राउटेलाई सामाजिक सुरक्षा भत्ता

    जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलहमा बस्दै आएका राउटेलाई गुराँस गाउँपालिका–८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ ।

    images

    वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए । फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पाँच वर्ष अघि गुराँस गाउँपालिका–८ ले परिचयपत्र वितरण गरेको थियो । बसाइ सर्ने क्रममा राउटे परिवार जाजरकोटको छेडागाड नगरपालिका–५ बाँका थलह पुगेका हुन् ।

    चालिस परिवारका एक सय ४४ जनालाई माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए ।

    कर्णाली प्रदेशको दैलेख, सुर्खेत, सल्यान र जाजरकोट आसपासका क्षेत्रमा राउटे समुदायको बसोबास रहेको छ । अधिकांश दैलेखमा बस्दै आएका छन् ।

    उनीहरुलाई सङ्घीय सरकारले २०७४ असारदेखि गुराँस गाउँपालिका ८ वडा कार्यालयमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology