कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा कोरोना भाइरसको संक्रमणबाट ६ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ज्यान गुमाउनेको संख्या नेपालमा २ सय ५७ जना पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थपिएका १ हजार २ सय २८ जनासहित देशभर संक्रमितको संख्या ४२ हजार ८ सय ७७ जना पुगेको जानकारी दिए ।
संक्रमितमध्ये २४ हजार २ सय ७ जना उपचारपछि निको भएर फर्किएका छन् भने अहिलेसम्म २ सय ५७ जनाको कोरोनाबाट ज्यान गएको छ ।