Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ललितपुरमा कफ्र्यु,आदेश उल्लंघन गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी

ललितपुरमा कफ्र्यु,आदेश उल्लंघन गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • ०९:२४:०८ बजे
  • 1.5K
    SHARES
  • ललितपुरमा कफ्र्यु,आदेश  उल्लंघन गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी
    स्थानीय प्रशासनले ललितपुरमा कफ्र्यु लगाएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ बजेदेखि राति १० बजेसम्मका लागि कफ्र्यु आदेश जारी गरेको हो । कोरोना महामारीका कारण यसपटक मच्छिन्द्रनाथको रथ यात्रामा रोक लगाइएको भए पनि स्थानीयले बिहीबार जबर्जस्ती सामाजिक दूरी भंग गर्दै ललितपुरको पुलचोकमा रथ तान्ने प्रयास गरेका थिए ।
    रोक्न गएका प्रहरीमाथि उल्टै स्थानीयले कुटपिट र आक्रमण गरेपछि जवाफमा प्रहरीेले बल प्रयोग गरेको थियो । प्रशासनले ललितपुर महानगरपालिकाको सबै भू–भागमा कफ्र्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए । ।
    यस्तै बल्खुदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रमा समेत कफ्र्यु लगाइएको उनले बताए । उक्त क्षेत्रमा सामूहिक रुपमा भेला हुन र जुलुस तथा प्रदर्शन गर्न रोक लगाइएको छ । प्रजिअ भट्टले कफ्र्यु आदेश उल्लंघन गरी घरबाहिर निस्किए सुरक्षाकर्मीले गोली हान्न सक्ने चेतावनी दिए ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology