Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १०:१४:२४ बजे
  • 919
    SHARES
  • दैनिक ८ जनामाथि यौनजन्य दुर्व्यवहार

    यौनजन्य हिंसा र दुर्व्यवहारका घटनामा निरन्तर बढिरहेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

    images

    नेपाल प्रहरीका देशभरका एकाइहरूमा दर्ता हुन आएका ६९ महिनाको घटना विवरण केलाएर हेर्दा कुल १६ हजार ५ सय १० यौनजन्य हिंसा र दुर्व्यवहारका घटना भएको देखिन्छ।

    यो तथ्यांकलाई औसत दरमा हेर्दा महिनामा झन्डै देशभरमा २ सय ४० र दैनिक ८ वटा यस्ता घटना प्रहरीकहाँ दर्ता भएको देखिन्छ। यो तथ्यांकमा यौनजन्य हिंसा र दुर्व्यवहारमा पनि बलात्कारको हिस्सा अत्यधिक छ।

    तथ्यांकअनुसार यो संख्याको झन्डै ७० प्रतिशत हिस्सा बलात्कारले लिन्छ। प्रहरीकहाँ दर्ता भएका जाहेरीको तथ्यांक हेर्दा यौन हिंसा तथा दुर्व्यवहारका घटनाको ग्राफ बर्सेनि उकालो लागेको देखिन्छ।

    प्रहरी प्रधान कार्यालयका अनुसार आर्थिक वर्ष २०७३र७४ मा बलात्कारका १ हजार १ सय ३१ र बलात्कार प्रयासका ५ सय ३६ घटना दर्ता भएका थिए।

    यस्तै आव २०७४र७५ मा बलात्कारका १ हजार ५ सय १४ वटा घटना दर्ता भएकोमा जबर्जस्ती करणीका १ हजार ४ सय ८०, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १०, अपहरण तथा जबर्जस्ती करणीका २४ वटा थिए।

    यो खबर आजको नागरिक दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # यौनजन्य दुर्व्यवहार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology