Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भकिम्लीमा उद्घोषण र भाषणकला तालिम

भकिम्लीमा उद्घोषण र भाषणकला तालिम

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०७९ शुक्रवार • १९:५९:०९ बजे
  • 1.1K
    SHARES
  • भकिम्लीमा उद्घोषण र भाषणकला तालिम

    बेनी,  । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा बिहिबारदेखि उद्घोषण तथा भाषणकला तालिम शुरु भएको छ । 

    images

    बेनी नगरपालिका वडा नम्बर ३ को आर्थिक सहयोग र म्याग्दी जेसिजसँगको सहकार्यमा प्रगतिशिल दलित मञ्चले आयोजना गरेको तालिमको वडा सदस्य रत्नबहादुर जिसीले उद्घाटन गर्नुभयो । 

    कार्यक्रम, बैठक, भेला र औपचारिक कार्यक्रम सञ्चालनका विषयमा सैद्धान्तिक र व्यवहारिक ज्ञान सिप प्रदान गर्नुका साथै नेतृत्व र क्षमता विकास गर्न तालिम उपभोगी हुने वडा सदस्य जिसीले विश्वास व्यक्त गर्नुभयो । 

    तीन दिन सम्म सञ्चालन हुने तालिमको नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतम, म्याग्दी जेसिजका पुर्व अध्यक्ष विनय श्रेष्ठ, बागलुङ जेसिजका पुर्व अध्यक्ष सुदिप राजभण्डारी र सञ्चारकर्मी वादल शाहीले सहजिकरण गर्नुहुने जनाइएको छ । 

    तालिममा साविक भकिम्ली गाविसको ९ वटै वडाका ३० जनाको सहभागिता रहेको मञ्चका अध्यक्ष रामबहादुर किसानले बताउनुभयो । मञ्च मार्फत भकिम्लीलाई जातीय छुवाछुतमुक्त बनाउन विभिन्न कार्यक्रम र अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो । 

    पूर्णकला जिसीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाली काँग्रेसका वडा सभापति होम रोका, माओवादी केन्द्रका वडा कमिटि अध्यक्ष खिम पुन, मंगोल नेशनल अर्गनाइजेशनका दिपक पुन लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो । 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology