Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जातीय विभेदविरुद्ध चेतनामुलक गीत थर बदल्नु पर्दैन (भिडियोसहित)

जातीय विभेदविरुद्ध चेतनामुलक गीत थर बदल्नु पर्दैन (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १२, २०७७ शुक्रवार • १०:४७:३० बजे
  • 2.3K
    SHARES
  • जातीय विभेदविरुद्ध चेतनामुलक गीत थर बदल्नु पर्दैन (भिडियोसहित)

    जातीय विभेद र छुवाछुतको कुप्रथाले सिर्जना गरिदिएको कथित उच्च जातको अहङ्कारका कारण रुकुम पश्चिमको चौरजहारीमा बर्बर युगको झल्को दिने नरसंहारकारी घटनाको सचेतजनहरुबाट चौतर्फीरुपमा तीव्र विरोध हुँदै आएको छ । उक्त घटनाबारे प्रतिनिधिसभामा समेत जोडदार आवाज उठ्यो ।

    images

    चौरजहारीको नरसंहारकारी घटनाबारे २०७७ जेठ १८ गते प्रतिनिधिसभामा बोल्दै जनता समाजवादी पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने, ‘मेरो एउटा प्रस्ताव छ छलफलका निम्ति, तपाईं हामी सबैले दलित नाम राख्दिम न, बाबुराम भट्टराई कामी भन्न किन नहुने ?

     

    डा. भट्टराईको उक्त अभिव्यक्तिलाई लिएर सञ्चार जगतमा तीव्र टिप्पणी भइरहेका छन् । के जातीय विभेद र छुवाछुतको यो पर्खाल कथित उच्च जातिका मानिसहरुले आफ्नो थर बदल्दैमा भत्किन्छ ? लोकगायक हेमन्त कान्छा रसाइलीको नया गीत ‘थर बदल्नु पर्दैन’ त्यही प्रश्नको उत्तर लिएर आएको छ–

    रगत सबैको रातै हो सेतो हुने कुन छ
    बाहुन दाइलाई बाहुन भन
    कामी दाइलाई कामी भन
    थर बदल्नु पर्दैन, सोच बदले हुन्छ
    थर बदल्नु पर्दैन पानी चले पुग्छ....

    हो, वास्तबमा हामीले बदल्नु पर्ने भनेको समाजमा जरा गाडेर बसेको कुबिचारको पिछडिएको सोच हो । छुवाछुतको कुप्रथाले हाम्रो समाजमा यति गहिरो जरा गाडेको छ कि हामी मुखले जातीय समानताको कुरा गरे पनि व्यवहारमा त्यसलाई उतार्न चुकिरहेका हुन्छौं । हामीभित्र छिपेर बसेको जातीय अहङ्कार विभिन्न रुपमा प्रकट भैरहेको हुन्छ । सामन्तवादी संस्कार र कुरीतिले हाम्रो भित्री मनमा पारेको प्रभावबाट हाम्रो त्यो ब्यवहार निर्देशित भैरहेको हुन्छ ।

     

  • सम्बन्धित विषय:

  • # जातिय बिभेद
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology