Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कोरोना

कोरोनाका कारण बुटवलमा थप एकको मृत्यु

कोरोनाका कारण बुटवलमा थप एकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १०:३५:१८ बजे
  • 1.3K
    SHARES
  • कोरोनाका कारण बुटवलमा थप एकको मृत्यु

    कोरोना भाइरस संक्रमणका कारण बुटवलमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. ८ का ७८ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

    images

    भदौ ४ गते अस्पताल भर्ना भएका ती ७८ वर्षीय पुरुषको ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार चलिरहेको थियो ।

    संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतम जानकारी दिए ।

    लुम्बिनी प्रादेशिक अस्पताल बुटवल मातहत बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या १० पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology