Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७९ शनिवार • १०:०५:०९ बजे
  • 1.2K
    SHARES
  • अभ्यास खेलमा नेपाल ओमानसँग २–० गोलले पराजित

    नेपाली राष्ट्रिय फुटबल टोलीले ओमानसँग हार व्यहोरेको छ । गएराति कतारको दोहास्थित सुहिम बिन हमाद स्टेडियममा भएको अभ्यास खेलमा नेपालले ओमानसँग २ – ० को हार व्यहोरेको हो ।

    images

    एएफसी एसियन कप छनौटका लागि थप अभ्यास र तयारी गर्न कतारमा रहेको नेपाली टोलीले फिफा बरियताको ७५औँ स्थानमा रहेका ओमानलाई २–० को नतिजा निकाल्न सफल भएको हो ।

    जबकी नेपाल फिफा बरियताको १६८औँ स्थानमा रहेको छ । खेलमा ओमानका लागि पहिलो हाफको अन्तिमतिर अल– मलिकीले पहिलो गोल गरे । त्यस्तै दोस्रो हाफमा इसाम अल सुभीले दोस्रो गोल गरेका थिए ।

    सिनियर खेलाडी समावेश नभएको नेपाली टोलीले सन्तोशजनक खेल प्रदर्शन गरेको थियो । यसअघि दुई अध्यास खेल खेलेको नेपालल टिमोर लेस्टेसँग २–२ र श्रीलंकासँग १–१ को नतिजा निकालेको थियो ।

    एएफसी एसियन कप छनौटतर्फ समूह ए मा रहेको नेपालले जुन ८ तारीखका दिन जोर्डनसँग पहिलो खेल खेल्नेछ । साथै ११ जुनका लागि आयोजक कुवेत तथा १४ जुनका दिन इण्डोनेसियासँग खेल्ने तालिका रहेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology