Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७९ शनिवार • १३:११:३१ बजे
  • 748
    SHARES
  • यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट

    आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा नेपाल ८ रनमै अलआउट भएको छ ।

    images

    शनिबार मलेसियाको यूकेएम ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ८ ओभर १ बलमा सम्पूर्ण विकेट गुमाउँदै मात्र ८ रन बनायो ।

    नेपालका लागि स्नेहा महराले ३ रन बनाइन, त्यस्तै मनिषा रानाले २ नर बनाउँदा किरण कुँवर, अञ्जली विश्वकर्मा र अनु कडायतले समान १–१ रन बनाइन् ।

    बलिङतर्फ यूएईका लागि माहिका गौरलले पाँच विकेट लिइन । त्यस्तै इन्दुजा नजाकुमारले तीन विकेट हात पार्दा समिका धनकान्दाले एक विकेट लिइन् ।

    नेपालले दोस्रो खेलमा युएईको सामना गर्दैछ । नेपालले शुक्रबार भएको खेलमा कतारलाई ७९ रनले हराएको थियो । छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् ।

    शीर्ष टोलीले दक्षिण अफ्रिकाको टिकट काट्ने छन् । यस्तै नेपालले भुटानविरुद्ध सोमबार खेल्दा मंगलबार थाइल्याण्ड र बिहीबार मलेसियाविरुद्ध खेल्नेछ ।

  • सम्बन्धित विषय:

  • # नेपाल ८ रनमै अलआउट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology