Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चर्चित फुटबलर पिके र साकिराको सम्वन्ध विच्छेद

चर्चित फुटबलर पिके र साकिराको सम्वन्ध विच्छेद

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७९ शनिवार • १९:१४:४४ बजे
  • 1.2K
    SHARES
  • चर्चित फुटबलर पिके र साकिराको सम्वन्ध विच्छेद

    एजेन्सी । स्पेन तथा क्याटलान क्लब बार्सिलोनाका चर्चित फुटबलर जेरार्ड पिके र पप गायिका साकिराबीच सम्वन्ध विच्छेद भएको छ । साकिरा र जेरार्ड पिकेले आफ्नो १२ वर्ष लामो सम्बन्धको अन्त्य भएको पुष्टि गरेका छन् ।

    images

    कोलम्बियाली गायक र बार्सिलोना डिफेन्डरका दुई सन्तान छन्, तर उनीहरूले फुटबलरको हालैको घट्नाक्रम सत्य रहेको बताएका छन् । पिके र साकिराले एक विज्ञप्तिमा भने, ‘हामी अलग भएको पुष्टि गर्नुपदा दुःख लागेको छ ।

    हाम्रा बच्चाहरूको कल्याणको लागि, जुन हाम्रो शीर्ष प्राथमिकता हो, हामी तिनीहरूको गोपनीयताको सम्मानको लागि सोधिरहेका छौं ।’ केहि साता पहिले जेरार्ड अन्य महिलासँग देखिएपछि उनीहरुबीचको सम्वन्धमा खटपट शुरु भएको थियो ।

    यो घटनापछि पिके र साकिरा अलग्गै बस्दै आएका थिए । कोेलम्वियामा सन् १९७७ मा जन्मिएकी साकीरा जेरार्डभन्दा १० बर्ष जेठी छिन् । साकिरा र जेरार्डको पहिलो भेट फिफा विश्वकप २०१० को गीत ‘वाका–वाका’ गीतको सुटिङको दौरानमा भएको थियो ।

    ‘वाका– वाका’ गीत सन् २०१० को फीफा विश्वकपको अफिसियल गीत थियो । यसमा साकिराले आवाज रहँदा पिकेले अभिनय गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology