कुवेत - लुम्बिनी समाज नेपाल कुवेतको नवौं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि आयोजक लुम्बिनी समाजले नै हात पारेको छ।
इसेवा मनी ट्रान्सफरको मुख्य प्रायोजनमा ३ जुनमा कुबेतको मङ्गाफ स्थित फाहाहिल स्पोर्ट क्लबको खेल मैदानमा सम्पन्न भएको भलिबलको प्रतियोगिताको उपाधी आयोजक लुम्बिनी समाज कुवेतले हात पारेको हो ।

समाजको अध्यक्ष नेत्र पेमी मगरको सभापतित्व रहेको कार्यक्रममा नेपाली दूतावास कुवेतका राजदूत दुर्गा प्रसाद भण्डारी प्रमुख अतिथि रहेका थिए भने एनआरएनए राष्ट्रिय समन्वय परिषद कुवेतको अध्यक्ष रण ध्वोज लामाको बिशेष आतिथ्यता रहेको थियो । कुवेतमा कृयाशिल नेपाली सँघ-संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजिबी, पत्रकार र कलाकार साथै कुवेतमा रहेका नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथिले सामुहिक रुपमा दिप प्रज्वलन गरी केक काटी उद्घाटन गरिएको थियो । कार्यक्रमलाई समाजका सचिब शंकर पौडेलले सञ्चालन गरेका थिए।

नेपाली राष्ट्रिय गीतबाट कार्यक्रमलाई मुर्तरुप दिइएको थियो । कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिले शुभकामना दिदै परदेशमा रहेर पनि नेपालको राष्ट्रिय खेल भलिबल खेलको बिकासमा महत्वपूर्ण भूमिका रही यसरी नेपाली-नेपाली बीच एकताको सुत्रमा एक जुट गराई प्रतियोगिता सफल गरेकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।
१० सशक्त नेपाली टिमहरुले सहभागीता जनाएको खेलमा जसबाट आफ्ना निकट्तम प्रतिस्पर्धी टिमहरुलाई पराजित गर्दै आयोजक टिम र कल्याणकारी नेपाली युवासमाज कुवेतको टिम फाईनल प्रवेश गरेका थिए। फाईनल खेलमा आयोजक टिमले कल्याणकारी नेपाली युवासमाज कुवेत टिम लाई पराजित गर्दै बिजेताको उपाधी चुमेको थियो भने कल्याणकारी नेपाली युवासमाज कुवेत उप-बिजेताको उपाधी हासिल गरेको थियो भने मोना कुबेत टिमले तेस्रो स्थान हासिल गरेको थियो । त्यसैगरी उत्कृष्ट वेस्ट अनुसासित टिम लाफा टिमले हासिल गरेको थियो । प्रतियोगितामा इसेवा मनी ट्रान्सफरको भाग्यसालि चिट्ठाका उपहार पनि राखेको थियो ।