Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँको देउरालीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु

तनहुँको देउरालीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २१, २०७९ शनिवार • २०:३८:०६ बजे
  • 1.1K
    SHARES
  • तनहुँको देउरालीमा भएको दुर्घटनामा स्कुटर चालकको मृत्यु

    पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ भएको दुर्घटनामा स्कुटर चालक एक युवकको मृत्यु भएको छ ।

    images

    दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ का २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

    दुर्घटनामा घाइते ईश्वरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology