Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • ०९:४६:२३ बजे
  • 949
    SHARES
  • रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु

    रुपन्देहीमा यात्रुवाहक बस रोहिणी खोलामा खस्दा ९ जनाको मृत्यु भएको छ ।

    images

    प्रहरीका अनुार जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्बरको बस आज बिहान दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रवीन्द्र रेग्मीका अनुसार मृत्यु हुनेमा एक जना महिला रहेका छन् ।

    उनीहरूको सनाखत हुन बाँकी रहेको छ । बसमा ३३ जना सवार रहेका थिए ।

    घाइतेहरूको भैरहवास्थित युनिभर्सल मेडिकल कलेज र भीम अस्पतालमा अस्पतालमा उपचार भइरहेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको रेग्मीको भनाइ छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology