Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

उत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र

उत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • ०९:४८:४७ बजे
  • 877
    SHARES
  • उत्तर कोरियाले ३२ मिनेटभित्रै दक्षिण कोरियाली क्षेत्रमा हान्दियाे ८ वटा क्षेप्यास्त्र

    उत्तर कोरियाले दक्षिण कोरियाको क्षेत्रमा आज (आइतबार) आठ वटा छोटो दूरीको क्षेप्यास्त्र प्रहार गरेको छ ।

    images

    दक्षिण कोरियाले तत्काल यसबारे तथ्य सार्वजनिक गरेको छ । दक्षिण कोरियाको सेना प्रमुखका अनुसार उत्तर कोरियाले उसको पूर्व तटबाट दक्षिण कोरियाको जलिय क्षेत्रमा ८ वटा छोटो दुरीको ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।

    स्थानीय समयअनुसार बिहान ९ बजेर ८ मिनेटदेखि ९ बजेर ४० मिनेटको बीचमा उत्तर कोरियाको राजधानी प्योङयाङनजिकै रहेको सुनान क्षेत्रबाट कोरियाली प्रायद्वीप नजिकैको पानीमा प्रहार गरिएको बताइएको छ । उत्तर कोरियाले उक्त क्षेप्यास्त्र प्रहार गरे लगत्तै दक्षिण कोरियाले उक्त विषयमा जानकारी दिएको छ ।

    दक्षिण कोरियाका राष्ट्रिय सुरक्षा प्रमुख किम सुङ हानले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएर जानकारी दिएका हुन् । सन २०२२ मा मात्रै कोरियाले दक्षिण कोरियाली क्षेत्रमा १७ वटा क्षेप्यास्त्र प्रहार गरिसकेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology