Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सिसडोल पुगेर फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

सिसडोल पुगेर फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • ०९:५१:३५ बजे
  • 1.2K
    SHARES
  • सिसडोल पुगेर  फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिकको टोली

    काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले ल्यान्डफिल साइटलाई गन्धरहित बनाएर फोहोर विसर्जन गर्ने बताए लगत्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को वैज्ञानिक टोली शनिबार सिसडोल पुगेको छ।

    images

    मेयर साहको आग्रहपछि नास्टले वैज्ञानिक डा। भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइट पठाएको हो।

    गन्ध मापन गर्न नमुना सङ्कलन गरेर फर्किएपछि नेपाल समाचारपत्रसँग कुरा गर्दै डा. पन्तले भने – ‘हामीले सिसडोल ल्यान्डफिल साइटको चार क्षेत्रको गन्ध मापन गर्न नमुना लिएर आएका छौँ। अब मापन गरेपछि मात्र कति मात्रामा गन्ध रहेको छ भन्ने थाहा लाग्नेछ।’

    उनले सम्भवतः सोमबारभित्र नमुना परीक्षण गरिसक्ने जानकारी दिए। गन्ध को हानिकारक मात्रा परीक्षणपछि गन्ध हटाउन कुन प्रकारको रसायन प्रयोग गर्ने भन्ने विषयमा निर्णय हुने बताइएको छ।

    यो खबर आजको नेपालसमाचार पत्र दैनिकमा छ ।

  • सम्बन्धित विषय:

  • # फोहोरको गन्ध मापन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology