Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अब उडानका लागि मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

अब उडानका लागि मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २२, २०७९ आइतवार • ०९:५३:११ बजे
  • 646
    SHARES
  • अब उडानका लागि मौसमसम्बन्धी अनुमति लिनु नपर्ने

    नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानयोग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स)का आधारमा मात्र उडान गर्न पाउने निर्णय फिर्ता लिएको छ।

    images

    प्राधिकरणले प्राविधिक अध्ययन र आन्तरिक तयारी पूरा नगरी कार्यान्वयनमा ल्याउन समस्या भएपछि निर्णय फिर्ता लिएको हो।

    प्राधिकरणले २७ जेठमा आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको फ्लाइट क्लियरेन्सका आधारमा मात्र उडान भर्न पाउने निर्णय गरेको थियो ।

    १५ जेठमा पोखराबाट जोमसोम उडान गरेको तारा एयरको विमान दुर्घटना भएसँगै प्राधिकरणले १६ जेठमा उक्त निर्णय गरेको थियो ।

    उडान गर्ने विमानस्थल, बाटोको मौसम (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय प्राधिकरणले गरेको थियो । तर जल तथा मौसम विज्ञान विभागले इनकटको मौसम जानकारी गराउने प्राविधिक र उपकरण नभएकाले विवरण उपलब्ध असम्भव भएको बताएपछि पछि प्राधिकरण पछि हटेको हो।

    यो खबर आजको कारोबार दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology