Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अर्जेन्टिनाको फराकिलो जित

अर्जेन्टिनाको फराकिलो जित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • १०:४७:२९ बजे
  • 1.6K
    SHARES
  • अर्जेन्टिनाको फराकिलो जित

    अर्जेन्टिनाले एस्टोनियालाई फराकिलो अन्तरमा हराएको छ । गएराति एस्टोनियासँगको मैत्रीपूर्ण खेलमा लियोनल मेसीले एक्लैले पाँच गोल गरेपछि अर्जेन्टिनाले ५-० को फराकिलो जित निकालेको हो ।

    images

    खेलको ८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका मेसीले ४५ औं मिनेटमा दोस्रो गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए ।

    दोस्रो हाफको सुरूमै ह्याट्रिक पुरा गरेका मेसीले ७१ औं मिनेटमा चौथो र ७६ औं मिनेटमा पाँचौ गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए । मेसीले राष्ट्रिय टोलीबाट एउटै खेलमा पाँच गोल गरेको यो पहिलो पटक हो ।

    कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनाले यसअघि युरो कप च्याम्पियन इटालीलाई ३-० ले हराउँदै फाइनलिसीमाको उपाधि जितेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology