Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

३५ लाख लुट्ने हवल्दारसहित दुई सार्वजनिक

३५ लाख लुट्ने हवल्दारसहित दुई सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २३, २०७९ सोमवार • १३:१९:५९ बजे
  • 1.1K
    SHARES
  • ३५ लाख लुट्ने हवल्दारसहित दुई सार्वजनिक

    दुई साताअघि काठमाडौंमा ३५ लाख लुट्ने प्रहरी हवल्दारसहित दुई जनालाई काठमाडौं प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    सस्तोमा सुन बिक्रि गर्ने प्रलोभनमा पोखराका एक व्यापारीको ३५ लाख लुट्ने हवल्दार शालिकराम नेपाली र पेम्बा तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

    गत ८ जेठमा उनीहरुले एक किलो सुन किन्न बोलाएर लैनचौरस्थित ब्याडमिन्टन कोर्टछेउको एक खाजाघरबाट ३५ लाख लुटेर भागेका थिए ।

    पक्राउ परेका हवल्दार मालिगाउँ वृत्तमा कार्यरत थिए । सो घटनामा संलग्न अर्का एक जवान भने फरार छन् । घटनामा फरार रहेका अन्यको खोजी जारी रहेको काठमाडौंका एसपी दिनेशराज मैनालीले बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology