Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सुरक्षा माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

सुरक्षा माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०७९ मंगलवार • १२:२३:०८ बजे
  • 694
    SHARES
  • सुरक्षा माग गर्दै प्रदर्शन गर्नेमाथि प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

    बाघको आक्रमणबाट बचाउन माग गर्दै प्रदर्शनमा उत्रेकामाथि प्रहरीले गोली चलाउँदा बर्दियामा एक किशोरीको मृत्यु भएको छ ।

    images

    बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकामाथि प्रहरीले गोली चलाउँदा मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारका कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको हो ।

    सुरक्षाको माग गर्दै स्थानीयले प्रदर्शन गरेका थिए । प्रदर्शनपछि अवरुद्ध बाटो खुलाउने क्रममा प्रहरीले गोली चलाउँदा नविनाको मृत्यु भएको हो ।

    प्रहरी दमनबाट अन्य चार जना सर्वसाधारण र प्रहरी हबल्दार पार्वता खड्का लगायत घाइते भएका छन् । पछिल्लो समय बर्दियाका विभिन्न ठाउँमा बाघको आक्रमण बढ्दो छ ।

    निकुञ्जबाट निस्कने बाघले आक्रमण गर्न थालेपछि स्थानीयले सुरक्षको माग गर्दै प्रदर्शन गरेका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology