Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित

सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • ०९:४६:१९ बजे
  • 838
    SHARES
  • सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित

    उपत्यकाको फोहोर व्यवस्थापन भइरहेको नुवाकोटको सिसडोल ल्यान्डफिल साइट वरपरको पानी समेत प्रदूषित भएको पाइएको छ ।

    images

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का डा रविन्द्र ढकाल, डा टिस्टा प्रसाई जोशी, डा सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको विज्ञ टोलीले गरेको अध्ययनमा पानी प्रदूषित भएको पाइएको हो ।

    टोलीले लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन लिच्चड मिसिनु अगाडि लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर पर गरेर ३ फरकफरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन गरियो थियो ।

    सिसडोलबाट संकलित तीन वटा नमुनाको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्त मात्रामा लिच्चड मिसिएको पाइएको काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

    उनका अनुसार १ किलोमिटर परसम्म पानीमा प्रदूषणको मात्रा उच्च देखिएको छ । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यसबाट सो स्थानमा जल सम्बद्ध जीवजन्तुमा नकारात्मक असर परेको प्रारम्भिक अध्ययनले देखाएको छ ।’

    पानी तथा लिच्चडको पूर्ण रिपोर्ट भने केही दिनमा आउने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # पानी समेत प्रदूषित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology