Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

चितवनमा एकै दिन ७४ जना संक्रमित थपिए

चितवनमा एकै दिन ७४ जना संक्रमित थपिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १९, २०७७ शुक्रवार • १७:०२:१८ बजे
  • 1.1K
    SHARES
  • चितवनमा एकै दिन ७४ जना संक्रमित थपिए

    जिल्लामा एकै दिन ७४ जना कोरोना संक्रमित थपिएका छन् । दुईवटा प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ती संक्रमित थपिएका हुन् ।

    images
     

    चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा ५७ जना र भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा १७ जना जिल्लाका संक्रमित थपिएका हुन् । भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार थपिनेमा सबैभन्दा बढी भरतपुर महानगरका ५६ जना रहेका छन् ।

    यस्तै रत्ननगरका तीन जना, कालिकाका दुई जना, खैरहनीका चार जना र राप्ती नगरपालिकाका–९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । चितवन मेडिकल कलेजको प्रयोगशालामा ७ सय ३ जनाको परीक्षणका क्रममा ८८ जनामा र भरतपुर प्रयोगशालामा ३ सय २ जनाको परीक्षणमा १८ जनामा कोरोना संक्रमण देखिएको छ ।

    संक्रमण देखिएकामध्ये ७४ जना जिल्लाका हुन् भने बाँकी ३२ जना बाहिरी जिल्लाका हुन् । योसँगै जिल्लामा कोरोना संक्रमितको सङ्ख्या ९ सय ३३ पुगेको छ । यसमध्ये ५ सय ९४ भरतपुर महानगरका रहेका छन् ।

    यस्तै खैरहनीका ५३ जना, माडीका ५२ जना, रत्ननगरका १ सय १५ जना, राप्तीका ९७ जना, कालिका नगरपालिकाका १८ जना र इच्छाकामना गाउँपालिकाका चार जना रहेका छन् । संक्रमितमध्ये चितवनका ११ जनाको मृत्यु भइसकेको छ । जिल्लाका अस्पतालमा मृत्यु हुनेको सङ्ख्या भने २० पुगेको छ । 

  • सम्बन्धित विषय:

  • # कोभिड-१९
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology