Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

फोहोर नफाली फर्कियो टिपर

फोहोर नफाली फर्कियो टिपर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २५, २०७९ बुधवार • २०:१३:१२ बजे
  • 1.4K
    SHARES
  • फोहोर नफाली फर्कियो टिपर

    काठमाडौं उपत्यका फोहोर बोकेर बञ्चरेडाँडा गएका टिपरहरू फोहोर नफाली फर्किएका छन् । बुधबार पनि बञ्चरेडाँडाका स्थानीयले अवरोध गरेपछि फाहोर नफाली नै टिपरहरू फर्किएको हो ।

    images

    हिजो (मंगलबार)देखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर, बुधबार पनि स्थानीयले अवरोध गरेपछि फोहोर नफाली नै टिपर फर्किएको संघर्ष समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।

    फोहोर फाल्ने क्रममा बुधबार प्रहरी र स्थानीयबीच झडप समेत भएको छ । प्रहरीले केही सेल अश्रुग्यास प्रहार गर्नुको साथै केही स्थानीयलाई नियन्त्रण लिएको छ । बुधबार बञ्चरेडाँडामा फोहोर फाल्नको लागि काठमाडौंबाट दुई सय बढी प्रहरी खटिएका छन् ।

    त्यस्तै सशस्त्र प्रहरी पनि परिचालन गरिएको छ । स्थानीयहरू बञ्चरेडाँडामा कुनै हालतमा फोहोर फाल्न नदिने पक्षमा रहेको ढुंगानाले बताए । ‘हामी सबै यहाँ डाँडामै छौं, हामी यहाँ फोहोर फाल्न दिन्नौं । ३६५ दिन नै यहाँ बस्छौं ।’

    सोमबार सहरी मन्त्रालय, काठमाडौं महानगर, धादिङ र नुवाकोटका जनप्रतिनिधिबीच फोहोर फाल्ने सहमति भएको थियो । मंगलबारदेखि काठमाडौं उपत्यको फोहोर उठेपनि विसर्जन गर्ने स्थानमा स्थानीय बासिन्दाले अवरोध गर्दै आएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology