Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७९ बिहिवार • १०:१२:४० बजे
  • 790
    SHARES
  • बेनी नगरपालिकाले खेतीयोग्य जमिनका रुख कटान गर्ने

    । म्याग्दीको बेनी नगरपालिकाले नगरपालिका भित्रका खेतीयोग्य जमिनमा रहेका रुख कटान गर्ने भएको छ ।

    images

    अन्न उब्जनी हुने जग्गामा रहेका रुखका कारण उत्पादनमा कमी आएकाले कटान गर्न लागिएको हो । ‘किसानले खेती गर्न छोडेकाले खेतीयोग्य जमिन बाँझोमा परिणत हुनबाट जोगाउन रुख कटान गर्न लागिएको हो’, उपप्रमुख ज्योति लामिछानेले भने ।

    बाँझो जमिन सदुपयोग गर्न तथा खेती गरिरहेको जमिनमा रहेका रुखबिरुवा हटाउने नगरपालिकाले कार्यविधि बनाउने निर्णय गरेको थियो ।

    धान, मकै, कोदोलगायत रैथानीवाली लोप हुने अवस्थामा पुगेकाले कार्यविधिमार्फत समस्या समाधान गर्न लागिएको लामिछानेको भनाइ छ ।

    खेतीयोग्य जमिन टुनी, चिमल, मौवा, उतिस, बाँसलगायत रुखबिरुवाले भरिँदै गएको छ । यसका साथै नगरप्रहरीका लागि समेत कार्यविधि बनाइने निर्णय गरिएको प्रवक्ता रमेशकुमार श्रेष्ठले जानकारी दिए।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology