Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

लिग टु : नेपालले आज ओमानसँग खेल्दै

लिग टु : नेपालले आज ओमानसँग खेल्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०७९ बिहिवार • १०:३५:२९ बजे
  • 1.1K
    SHARES
  • लिग टु : नेपालले आज ओमानसँग खेल्दै

    आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपाल, अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखलामा नेपालले आज ओमानसँग पहिलो खेल खेल्दैछ ।

    images

    बुधबारदेखि सुरु भएको श्रृंखलामा ओमान पहिलो खेलमा घरेलु टोली अमेरिकासँग ११४ रनले पराजित भएको थियो । पर्लयाण्डस्थित मोसा क्रिकेट स्टेडियममा ओमानले पहिलो खेल खेलिसक्दा नेपाल भने त्यही टिमसँग आफ्नो पहिलो खेल खेल्न लाग्दैछ । खेल नेपाली समय अनुसार राति सवा ९ बजे सुरु हुनेछ ।


    अमेरिकाको फरक कन्डिसनमा खेल्नु अघि नेपालले १० दिनअघि नै अमेरिका गएर लिग टू का लागि तयारी गरेको थियो । त्यहाँको स्थानीय टिमसँग दुई अभ्यास खेल खेल्नुका साथै नेपालले प्रशिक्षण समेत गरेको थियो । त्यसबाट नेपाललाई केही सहयोग पुग्ने विश्वास गरिएको छ । तर ओपनरद्वय आसिफ शेख र कुशल भुर्तेल अभ्यास खेल र प्रशिक्षणका क्रममा घाइते भएपछि नेपाल टिमलाई ओपनिङमै चिन्ता थपिएको छ ।

    नेपाल क्रिकेट संघ -क्यान)ले दुवै खेलाडीले पहिलो खेल खेल्ने सम्भावना कम देखेपछि विकेटकिपर ब्याटर सुबास खकुरेललाई अमेरिका पठाइसकेको छ । कुशल र आसिफ फिट नभए टिममा रहेका ओपनर सुनिल धमला र सुबासले नेपालको ओपनिङ गर्ने लगभग पक्का छ ।


    आसिफलाई अभ्यास खेल अन्तर्गत नेपाली अल स्टारविरुद्धको खेलअघि अभ्यासको क्रममा घुँडामा चोट लागेको थियो । उनले नेपाल र ह्यूस्टन हुरिकेन्सबीचको दोस्रो खेल खेलेनन् । कुशललाई हुरिकेन्स विरुद्धको खेलमा फिल्डिङका क्रममा हृयाम्स्िट्रङ समस्या भएको थियो । त्यसैले पछिल्लो समय जमिरहेको ओपनिङ जोडीमा यस पटक परिवर्तन हुनेछ ।

    तेस्रो नम्बरमा देव खनालले ब्याटिङ गर्नेछन् । त्यसपछि दीपेन्द्र सिंह ऐरी, रोहित कुमार पौडेल र आसिफ शेखले नेपालको मिडल अर्डर सम्हाल्नेछन् । कन्डिसन अनुसार सातौं नम्बरमा विनोद भण्डारी र आदिल अन्सारी मध्ये एकले खेल्न सक्नेछन् । तीव्र बलिङमा सोमपाल कामी र करण केसी खेल्नेछन् भने स्पीनमा कप्तान सन्दीप लामिछानेलाई सागर ढकाल वा सुशन भारीमध्ये एकले साथ दिनेछन् ।

    नेपाल र ओमान हेड टु हेड

    पछिल्लो चार एकदिवसीय अन्तर्राष्ट्रियमा ओमान नेपालमाथि हावी छ । ती चारै खेल लिग टु अन्तर्गत नै थिए । २०२० मा नेपालमै भएको शृंखलामा नेपाल दुवै खेलमा ओमानसँग पराजित भएको थियो । टीयू मैदानमा नेपाल पहिलो खेलमा १८ रनले र दोस्रो खेलमा ८ विकेटले पराजित भएको थियो ।

    त्यसपछि गत वर्ष ओमानमै भएको शृंखलामा भने पहिलो खेलमा ओमान विजयी हुँदा दोस्रो खेलमा नेपालले ओमानलाई हराएको थियो ।

    एकदिवसीय अन्तर्राष्ट्रियमा यी दुई टोली अहिलेसम्म चार खेल हुँदा ओमानले ३ खेल जितेको छ भने नेपालले एक खेल मात्र जितेको छ ।

    पछिल्लो पटक ओमानमै भएको टी-२० विश्वकप छनोटमा नेपालले ओमानलाई दुई पटक पराजित गरेको थियो । त्यसअघि चारदेशीय श्रृंखलामा पनि नेपालले ओमानलाई हराएको थियो । तर यो परक फर्म्याट हो ।

    ओमान र नेपाल पछिल्लो समय परिचित प्रतिद्वन्द्वीको रुपमा रहेका छन् । त्यसैले अमेरिका भ्रमणमा यी दुई अवे टोलीको खेल हेर्नलायक हुने अनुमान छ ।

    लिग टू मा अन्तिम शृंखला खेलिरहेको ओमान ३३ खेलबाट ४० अंकसहित शीर्ष स्थानमा छ । नेपाल १२ खेलबाट १२ अंकसहित छैटौं स्थानमा छ । कूल ७ टिमले प्रतिस्पर्धा गरिरहेको यस लिगबाट शीर्ष तीनमा रहने टोलीले अर्को वर्ष जिम्बाब्बेमा हुने आईसीसी विश्वकप छनोटमा स्थान पक्का गर्नेछन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology