Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०७९ शुक्रवार • ०९:४३:२३ बजे
  • 1.3K
    SHARES
  • धादिङमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता

    धादिङको त्रिपुरासुुन्दरी गाउँपालिका-५ घिमिरेगाउँमा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

    images

    पहिरोले घर पुरिएपछि ५५ वर्षीय सीताराम भनिने नेत्रप्रसाद खाण हराउनु भएका जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सूचना अधिकारी राम थापाले जानकारी दिए ।

    गएरातिको अविरल वर्षाले घरमाथि सडक खनेर थुपारिएको माटोको ढिस्कोसहित ल्याएको लेदोले घर पुरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घरका अन्य सदस्य अर्को घरमा भएकाले उनीहरु सकुशल रहेका छन् ।

    खाणको अवस्था भने पत्ता लागेको छैन । ठूलो पहिरोले घर पुरिएको कारण उद्धारमा समस्या भइरहेको छ । स्थानीय नागरिक, समाजसेवी र नेपाल प्रहरीको सहयोगमा उद्धारकार्य भइरहेको प्रहरीले जनाएको छ ।

    नेपाल रेडक्रस सोसाइटीका सभापति नारायण तिमल्सिनाका अनुसार घटनास्थलमा डोजर जान नसकेको र थप उद्धार टोली आवश्यक भएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology